काठमाडौं । सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जनकारी दिएका हुन् ।
‘आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग गरिनेछ । विभिन्न १२ शहरमा एकीकृत खानेपानी आयोजना र फोहोर पानी व्यवस्थपनकोे विस्तृत अध्ययन गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।
फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा छ । तर अधिकांश स्थानीय तहले फोहोर मैला व्यवस्थापनका लागि दिगो योजना नबनाउँदा अधिकांश शहरी क्षेत्र सफा हुन सकेका छैनन् ।











