Logo
Logo

अस्पतालमा अनिवार्य विद्युतीय मेडिकल रेकर्ड


441
Shares

काठमाडौं । सरकारले सबै अस्पतालमा अनिवार्य रुपमा विद्युतीय मेडिकल रेकर्ड लागू गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

‘सवै अस्पतालमा एकीकृत विद्युतीत स्वास्थ्य सूचना प्रणाली (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य रुपमा अडिट गरिने बताइएको छ । स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्य सुरक्षाकर्मीको सुरक्षाका लागि कानुनमा कडाइ गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्