Logo
Logo

नीति तथा कार्यक्रम उद्येश्य विहीन : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्येश्य विहीन, गन्तव्य विहीन भएको टिप्पणी गरेका छन् ।

फायल फोटो

सरकारले मंगलबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा नयाँ कुनै कुरा नभएको उनले बताए । नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नभएको उनको भनाइ छ ।

सञ्चारकर्मीसँग उनले भने– ‘दुईघन्टा पढिएको छ । कुनै नयाँ कुरा छैन । नयाँ सपना छैन, देशबासीहरुलाई अपिल गर्ने कुनै त्यस्तो योजना नीति कार्यक्रममा छैन । उत्साह दिएको छैन । उद्येश्य विहीन गन्तव्य विहीन छ । यो अहिलेको आर्थिक संकट जुन देखिएको छ त्यसमा केही उल्लेख छैन ।’

प्रतिक्रिया दिनुहोस्