Logo
Logo

नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको कप्तान



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा ले नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको छ ।

नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा समावेश नभएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी दिएको हो । नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलका लागि कप्तानी गर्नेछन् ।

नेपाली टोली एएफसी एसियन कप छनोटको खेलको थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ ।

राष्ट्रिय टोलीका सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादपछि खेलाडीको पक्षमा देखिएका कप्तान किरणलाई एन्फा तथा प्रशिक्षक अलमुताइरीले कुनै खबर नगरी राष्ट्रिय टोलीमै समावेश गरेनन् ।

कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीमा रहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्