
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।
आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे ।
उपमेयरमा नेकपा एमालेका मञ्जुदेवी गुरूङ निर्वाचित भएकी छन् । गुरुङले नेपाली कांग्रेसका कोपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतान्तरले पराजित गरिन् ।
गुरुङले ६० हजार ५ सय ४६ र रानाभाटले ५६ हजार ६ सय ६३ मत पाए ।











