
काठमाडौं । दाङस्थित तुलसीपुर उपहमानगरपालिकाकामा मतगणना जारी छ ।
बुधबार बिहान ७१ हजार १ सय ६६ मतगणना सकिदा मेयरमा एमालेका टिकाराम खड्का ३० हजार ३५ मतसहितछ अग्रता लिइरहेका छन् ।
उनलाई २६ हजार ६ सय ६९ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् । यस्तै उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेका स्यानी चौधरीले २९ हजार ३ सय ४५ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादीका जोगबहादुर राणाले २० हजार १ सय ४४ मत पाएका छन् ।











