
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहकाे जित निश्चित भएको छ ।
१ लाख ६८ हजार ४ सय ८७ मतगणना हुँदा उनले ५४ हजार ७ सय १८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन् ।
उनी बालेनभन्दा अझै २० हजार १ सय १० मतान्तरले पछाडि छन् । तेस्रो स्थानका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन् ।
अब साढे २२ हजार मतगणना मात्र बाँकी छ । त्यसैले बालेन नै काठमाडौंको मेयर बन्ने सुनिश्चित भएको छ । अहिले वडा नं १३ र १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ ।
अन्य सबै वडाको गणना सकिएको छ ।











