Logo
Logo

सांसद छाडेर मेयर लडेका आजाद र कुशवाहा पराजित



शेख अबुलकलाम आजाद र उपेन्‍द्रप्रसाद कुशवाहा

काठमाडौं । मधेस प्रदेशको सांसदबाट राजीनामा दिएर मेयर लडेका शेख अबुलकलाम आजाद पराजित भएका छन् ।


उनी जनता समाजवादी पार्टी (जसपा)बाट रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग आजाद पराजित भएका हुन् । यादवले ८ हजार ६ सय ३१ मत ल्याए । आजादले ८ हजार ७३ मत पाए ।

यसैगरी सर्लाहीको गोडैटा नगरपालिकाको मेयर लडेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भइसकेका छन् ।

उनी लोसपाका देवेन्द्रकुमार यादवसँग ५ सय बढी मतान्तरले जराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्