Logo
Logo

८ पालिकाको मत परिणाम घोषणा हुन बाँकी



काठमाडौं । ७ सय ५८ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना सकिएपनि घोषणा भएर प्रणालीमा सभावेश हुन बाँकी रहेको आयोगले जनाएको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेसमा गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ ।

यस्तै बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगको निर्णय आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्