Logo
Logo

लज्जास्पद हारपछि रवीन्द्र मिश्रले दिए राजीनामा



काठमाडौं । निर्वाचनमा पार्टीकाे लज्जास्पद् हारपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षबाट नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।

बाराको फेटा गाउँपालिका र त्यहाँको २ वटा वडामा हासिल भएको विजयको सम्पूर्ण भने उनले नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई दिएका छन् ।

आफ्नो पार्टीका उम्मेदवारहरू सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा ननिस्किएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्