Logo
Logo

इन्धनमा मूल्यवृद्धिविरुद्ध राष्ट्रिय सभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


441
Shares

काठमाडौँ । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । उनीहरूले इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गरेका छन् ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाललाई बुझाएपछि प्रस्ताव दर्ता भएको हो । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक छन् ।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ताको माग उनीहरूको छ ।

सरकारसँग मूल्यवृद्धि न्यूनीकरणका लागि भएका प्रयासबारे खाका माग गर्न संसद्मा छलफल गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको उल्लेख छ ।

मूल्यवृद्धिका कारण प्रभावितहरूको जनजीवन सहज बनाउन सरकारका योजनाबारे जानकारी माग गर्न पनि छलफल आवश्यक भएको सांसदहरूको माग छ । इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्