Logo

पूर्वयोजनाअनुसार नै गौतमबुद्ध रंगशाला निर्माण सुरु गर्न समितिको फाउण्डेशनलाई आव्हान


Published On : 10 July, 2019

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति चितवनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै रंगशाला निर्माणकार्य पूर्वयोजनाअनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरेको छ ।

समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा रंगशाला निर्माण कार्य पूर्वयोजना अनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरिएको हो । डल्लाकोटी र दाहालद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, नीजि क्षेत्रका प्रमुखहरु, सामाजिक व्यक्तित्वहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु, क्रियाशील व्यक्तित्वहरु र आम चितवन तथा देशभरका जनसमुदायहरुको उत्साह पूर्वक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइन्छ ।

निर्माण कार्यलाई अगाडि बढाउन चितवन जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, गैरसरकारी संघसंस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रमुखहरु, स्थानीय सरोकारवाला, पत्रकार, सामाजिक अभियन्ता र क्रियाशील व्यक्तित्वहरुको सक्रिय सहभागिता हुनेगरी ५००१ सदस्यीय गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग मूल समिति, चितवन गठन गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको निम्ति आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्न १५ सदस्यीय आर्थिक उपसमिति र अनुगमन गर्न विशेषज्ञहरु सहितको १७ सदस्यीय अनुगमन उपसमिति गठन गर्ने, निर्माण कार्यको लागि घोषणा गरिएको रकम यथासक्य छिटो जम्मा गर्न आग्रह गर्ने र चन्दादाताले दिने चन्दा रकममा कर छुटको निम्ति महानगरपालिका मार्फत पहल गर्ने निर्णय भएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं। १५ मा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने गरी भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच समझदारी ९ःयग्० भई संयुक्त रुपमा घोषणा सभा सम्पन्न भएको व्यहोरा सर्वविदितै छ । उक्त द्दण् विगाह जग्गाको महानगरपालिकाले सोध भर्ना गर्ने गरी भरतपुर महानगरपालिका, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच त्रिपक्षीय समझदारी ९ःयग्० गरी धुर्मुस सुन्तली फाउण्डेसनलाई उपलब्ध गराइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, नेपालको सामाजिक आर्थिक विकास र क्रिकेट खेलको प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रियस्तरको खेल खेलाउने उद्देश्य सहित यो गौरबशाली आयोजना निर्माण हुन गइरहेको हो। धुर्मुस सुन्तली फाउण्डेशनले विस्तृत परियोजना प्रतिवेदन म्एच् निर्माण कार्यको क्रममा केही प्राविधिक कारणले अवरुद्ध भएकोमा हाल सहज वातावरण रहेको र यसका लागि निर्वाचित जनप्रतिनिधिहरु, सरकारी निकायहरु, निजी क्षेत्रहरु, स्थानीय व्यक्तित्वहरु, सरोकारवालाहरुबाट उत्साहपूर्वक र सहज वातावरण बनाउन प्रतिवद्धता आएको परिप्रेक्ष्यमा रंगशाला निर्माण कार्य पूर्व योजना अनुसार तीव्र गतिका साथ अगाडि बढाउनका लागि रंगशाला निर्माण सहयोग समितिको सचिवालयको मिति २०७६ असार १८ गते बसेको बैठकले धुर्मुस सुन्तली फाउण्डेसनलाई अपिल गर्ने निर्णयका साथ यो प्रेस विज्ञप्ति जारी गरिएको छ। समितिबाट निर्माण कार्यलाई अझ व्यवस्थित गर्न तपसिल बमोजिम निर्णयहरु भएको व्यहोरा जानकारी गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्