Logo
Logo

बागमती प्रदेशसभा बैठकमा आज प्रि-बजेटबारे छलफल हुँदै


315
Shares

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनअन्तर्गतको तेस्रो बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनमा २ वटा बैठकहरू सञ्चालन भएका थिए । पहिलो बैठकमा दलगतरुपमा नेताहरुले संसदमा सम्बोधन गरेका थिए भने सरकार सञ्चालनको क्रममा ल्याइएको ५ वटा अध्यादेशहरू पेश गरिएको थियो ।

शुक्रबारको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को प्रि–बजेट प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल हुने कार्य सूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्