Logo
Logo

अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेशको विरोधमा निजगढबासीको प्रदर्शन


1.5k
Shares

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको परमादेश गरेपछि त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंमा भएका निजगढवासीले शनिबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका हुन् ।

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पनि परमादेश जारी गरेको छ ।

चारकोसे झाडीको बीचमा रहेको निजगढको जङ्गल मासेर विमानस्थल बनाउन लागिएको भन्दै वातावरणविद्हरुले विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्