Logo
Logo

जुम्लाका सांसद गजेन्द्रबहादुरले सभामुखलाई बुझाए ‘ताला चाबी’


2.6k
Shares

काठमाडौं । जुम्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले प्रमुख प्रतिपक्षी दलका सांसदका कारण संसदमा बोल्न नपाएको भन्दै सभामुलाई ‘ताल चाबी’ बुझाएका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा सांसद महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदका कारण बोल्न नभएको भन्दै सभामुखमार्फ एमालेलेलाई ‘ताला चाबी’ बुझाएका हुन् ।

सांसद महतले एमालेलाई ‘मन लागेको बेला खोलेर बोल्नु, अरु बेला चाबी लगाएर बस्नु’ भन्दै सभामुखमार्फत एमालेलाई ताला चाबी बुझाएका हुन् ।

छलफलका क्रममा सांसद महतले भने– ‘अलि मोटो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामा छु । उहाँहरु धित मरुन्जेल गाली गर्नु हुन्छ तीन घन्टा, धित मरेपछि अवरोध गर्न थाल्नु हुन्छ, ताला लगाउनु खोज्नु हुन्छ । त्यसकार मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुन्जेलसम्म बोल्नु होला, त्यसपछि हामी बोल्ने बेलामा ताला चाबी लगाइदिनु होला । जतिबेला बोल्न मन लाग्छ आउनु होला र ताला चाबी खोल्नु होला अनि बोल्नु होला, सभामुख माहेदयलाई ताला चाबी बुझाए ।’

शुक्रबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रयोग गरेको शब्दको विषयलाई लिएर एमाले सांसदले नियमापति गर्दै संसद अवरुद्ध गरेपछि माओवादी संसद महतले एमालेलाई सभामुखमार्फत ‘ताला चाबी’ बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्