काठमाडौं । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ ।
त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानको खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको हो । विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन विमानस्थल कार्यलयले आग्रह गरेको छ ।














