
काठमाडौं । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिकास्थित घाँसा क्षेत्रमा दुर्घटना भएको हुनसक्ने नेपाली सेनाले जानकारी दिएको छ ।
नेपाली सेनाका प्रवक्त नारायण सिलवालका अनुसार स्थानीयवासीले घाँसा क्षेत्रमा विमान दुर्घटना भएको हुनसक्ने खबर गरेका छन् ।
घाँसा क्षेत्रमा दुर्घटना भएको हो या होइन भन्ने यकिन गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता शिलवालले जानकारी दिएको छ ।
सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको एमआइ–१७ हेलिकम्पटर काठमाडौंबाट पोखरा पुगिसकेको छ । तर, खराब मौसमका कारण पोखराबाट दुर्घटना भएको हुनसक्ने घाँससम्म जान सकेको छैन ।
हराएको जहाज खोज्न पोखराबाट घाँसा क्षेत्र गएको फिस्टेल एयरको हेलिकप्टर पनि खराब मौसमका कारण घाँसा क्षेत्र पुग्न नसकेर जोमसोम पुगेको छ ।














