Logo
Logo

सानोसोरा भिरको १४ हजार फिट उचाइमा दुर्घटना


4.4k
Shares

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनाको कारण खुल्न सकेको छैन ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

दुर्घटनाको कारण खुल्न नसके पनि कति उचाइमा उडिरहेको बेला दुर्घटना भयो भन्ने खुलेको छ । तारा एयरले सोमबार बिहान विज्ञप्ति जारी गर्दै साढे १४ हजार फिटको उचाइमा दुर्घटना भएको जानकारी दिएको छ ।

जहाजले अन्तिम पटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेटमा घोडेपानीबाट सम्पर्कमा गरेको थियो । त्यसपछि सम्पर्कविहीन भएको जहाज आज विहान दुर्घटनाग्रत अवस्थामा भेटिएको हो ।

जहाजमा सवार चालक दलका तीन जना र १९ जना यात्रु सबैको मृत्यु भएको अनुमान गरिएको छ । अहिले उद्धार टोलीले शवहरु संकलन गरिरहेको छ । हालसम्म १४ जनको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्