Logo
Logo

जहाज दुर्घटना : १६ जनाको शव भेटियो, अरूको यसरी हुँदैछ खोजी (तस्बिर)


1.1k
Shares

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सोमबार बिहानै यार्सागुम्बा खोज्न गएको टोलीले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुग्यो ।

अहिलेसम्म १६ जनाको शव संकलन भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । अरूको खोजी गर्ने काम भइरहेको उनले बताए ।

अहिले घटनास्थलमा ६० जना भन्दा बढी जनशक्ति परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनका अनुसार जहाज दुर्घटना हुँदा आगलागी भएको छैन ।

शव संकलन गरी काठमाडौं ल्याइँदै छ । शवहरु अनुहार चिनिने खालका छन् । शव काठमाडौं ल्याएपछि प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्