
काठमाडौं । सुन्दरी प्रतियोगिताका सहभागीलाई बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डे थप ७ दिन हिरासतमा बस्ने भएका छन् । अदातलले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी ऐनअनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको हो । अदालतले अनुमति दिएसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक सुन्दरी प्रतियोगिता आयोजना गर्दा एक सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको मनोजलाई आरोप लागेको छ ।
मनोजद्वारा बलात्कृत भएको दावी गर्ने युवतीले सामाजिक संजालमार्फत उक्त घटना सार्वजनिक गरेका थिए । त्यसलगतै प्रहरीको उपत्यका आपराध अनुसन्धान कार्यालयले जेठ ७ गते स्वयम्भुबाट मनोजलाई पक्राउ गरेको थियो ।














