Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै


2.5k
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक आज (सोमबार) बस्दै छ । सोमबार अपरान्ह ३ बजे सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्थानीय निर्वाचन र बजेटका सन्दर्भमा समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । पाँच दलीयबीच वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेको थियो ।

७ सय ५३ पालिका मध्य देशभर २ सय ९ पालिकामा मात्र पाँच दलीय गठबन्धन भएको थियो ।

यस्तै आइतबार मात्र आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आएको छ । बजेटमाथिको समीक्षा र मन्त्रिपरिषद पुनर्गठनको विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्