Logo
Logo

ड्राइभिङ लाइसेन्सका लागि आज साँझदेखि नयाँ आवेदन खुल्दै


4.3k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आज (सोमबार)देखि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने जनाएको छ ।

प्रयोगकर्ताहरुले सोमबार साँझ ६ बजेपछि नयाँ अनलाइन प्रणालीमार्फत् लाइसेन्सका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ । विभागले यसअघि परेका सबै अनलाइन आवेदनहरु रद्द गरिएको पनि जानकारी दिएको छ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन दिन सकिनेछ । वर्ग थपका लागि भने अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्