Logo
Logo

विवाद बढ्दै गएपछि प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवलाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ , २५ असार ।
प्रधानमन्त्रीले सचिवहरुले नै आफूलाई झुक्याएको बताएका छन् । मन्त्रीहरुले समेत त्यही बताएका छन् । सोही कारण सरकार अनेक विवादमा परेको छ । यस्ता अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरुलाई बिहिीबार बैठकमा बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आजदेखि सुरु भएको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवसँग मन्त्रालयगत प्रगति विवरण माग गरेका हुन्। बैठकमा स्वयं प्रधानमन्त्री समेत उपस्थित रहेका छन
मन्त्रिपरिषद कार्यालयले मन्त्री तथा सचिवहरुलाई राखेर प्रगति समीक्षा बैठक बसिरहेको छ। अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयलले के कति काम गर्याे सो को प्रगति थाहा पाउने उद्देश्यले बैठक बसेको हो।

मन्त्रिपरिषद कार्यालयका अनुसार बैठकमा २३ वटै मन्त्रालयको प्रगति विवरण पेश हुने भएको छ। बैठक बिहान ११ः१५ देखि सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्