काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन हुने बताएका छन् ।
घोषित बजेटका सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भने- ‘हाल लाग्दै आएको पूर्वाधार कर बराबर हामीले समायोजन गर्नेछौं ।’

हाल पूर्वाधार करवापत पेट्रोल÷डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सरकारको करका कारण पनि इन्धनको मूल्य उच्च भएका बेला प्रत्यक्ष रुपमा जनजीविकामा असर पार्ने गरेको छ ।
यसअघि मन्त्रिपरिषद बैठकबाट नै पेट्रोलियम पदार्थमा कर समायोजन गर्न स्वीकृत भएको अर्थमन्त्री शर्माले बताए । यस आर्थिक वर्षभित्रै सो कर समायोजन हुने उनले बताए ।














