Logo
Logo

कार्यपालिका र समन्वय समितिको निर्वाचनमा गठबन्धन कायम राख्न निर्देशन


3.5k
Shares

फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध पार्टीहरुबिच सहमति कायम गर्न गठबन्धन सम्वद्ध दलका प्रदेश र जिल्ला स्तरका समितिलाई निर्देशन दिएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सबेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध पार्टीहरुबिच सहमति कायम राख्न निर्देशन दिएको हो ।

बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन सफल या असफल भन्ने विषयमा आधारभूत समीक्षा भएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध सबै राजनीतिक दल छिटफुट बाहेक गठबन्धन सफल भएको प्रारम्भिक निचोडमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्