Logo
Logo

सरकारविरुद्ध भारतीयहरु सक्रिय, प्रचण्डको गोप्य भेटले ओली सशंकित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
केपी ओली नेतृत्वको सरकारविरुद्ध भारतीय एजेन्टहरु सक्रिय भएका छन् । भारतीय स्वार्थअनुसार काम नगरेपछि उनीहरु सरकारविरुद्ध लागेका छन् ।
स्रोतका अनुसार भारतबाट आएका केही व्यक्तिहरुले गोप्य राजनीतिक भेटघाट गरेका छन् । दुई साताअघि भारतका पूर्व सचिव श्याम सहरणले नेकपाका अध्यक्ष प्रचण्डसँग गोप्य भेट गरेका थिए । त्यसयता प्रचण्ड र ओलीबीच तिक्तता बढेको छ ।


सरकारविरुद्ध केही विदेशीहरु सक्रिय भएपछि प्रधानमन्त्री ओलीले समेत आफू निकटहरुसँग यसबारे छलफल थालेका छन् । यही विषयलाई सकेंत गरी प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल र राजन भट्टराईले ट्वीट समेत गरेका थिए ।
भारतीय विषादीमा तरकारी परिक्षणको विषय पनि योजनाबद्ध रुपमै आएको स्रोत बताउँछ । सुरुमा परिक्षण गर्ने र पछि रोक्न लगाएर सरकारलाई विवादमा पार्ने योजना भएको प्रधानमन्त्री निकट एक व्यक्तिले बताए । सोही विषयालाई लिएर तत्कालिन माओावादीका मन्त्रीहरु मात्रिका यादब र चन्द्रप्रकाश खनालसँग प्रधानमन्त्री रिसाएका छन् । सो विषयमा आफूलाई झुक्याइएको र फसाइएको ओलीले बिहीबार मात्र बताएका थिए ।
स्रोतका अनुसार पछिल्लो समय ओली र प्रचण्डबीच तिक्तता बढेको छ। दुई महिनाअघि मात्र प्रचण्डले सत्ता बाँडफाँडबारेको गोप्य सहमति बाहिर ल्याएका थिए ।
दुई अध्यक्षबीच सम्बन्ध बिग्रनु र भारतीयहरु सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्