Logo
Logo

असईविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवालविरुद्ध मुद्दा दायर भएको छ । सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाइदिन्छु भन्दै विभिन्न बहाना बनाई उनले घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।


कटुवालले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ चिठ्ठी आएकोले मिलाइदिने भनि घुस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिउको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्