Logo
Logo

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टियो, उडान अवरुद्ध


441
Shares

काठमाडौं । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध भएको छ । हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेको छ ।

विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम भइरहेको छ ।

विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्