Logo
Logo

कांग्रेसलाई सरकारका प्रवक्ताको प्रश्न, दिनभरि विपी, रातभर विप्लव हो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको विप्लव समूहबारे नीतिबारे प्रश्न गरेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुनेतर्फ संकेत गर्दै उनले भने, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’

प्रतिपक्षी दल नेपाली कांग्रेसले मृत्युको व्यापार गरेको समेत उनले आरोप लगाएका छन्। सर्लाहीमा पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी आएको बताउँदै उनले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको उल्लेख गरे। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले कांगं्रेसको आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्