Logo
Logo

आलीको शरणमा बालेन !


26.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बालेन ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।

ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार निर्वाचनको अन्तिम मतपरिणाम आउनु अघि नै बालकोट पुगेका थिए । स्रोतका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो ।

पाँच जनाको टिम सहित बालकोट पुगेका बालेनले केहीबरे सामूहिक भेटघाट गरेका थिए । त्यसपछि बालेर र ओलीबीच ‘वान टु वान’ कुराकानी भएको थियो ।

बज्राचार्यले भने, ‘उहाँ (बालेन) आफ्नो टिमसहित आउनु भएको थियो । केहीबेर सामुहिक भेटघाट भयो । त्यसपछि अध्यक्षज्यूसँग बालेनले एक्लै भेट्नु भयो ।’ ओली र बालेनको ‘वान टु वान’ वार्ता के विषयमा भयो भन्ने खुलाइएको छैन । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् ।

बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकाले बालेनलाई ओलीले शुभकामना दिएका थिए । आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलोपटक ओलीलाई भेट्न बालकोट आएको बालेन समुहले बताएको थियो ।

भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो । तस्वीर प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

उनले तस्वीर सार्वजनिक गर्दै क्याप्सन लेखेका छन्, ‘अर्थपूर्ण भेट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ।’

यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वतन्त्रतर्फबाट काठमाडौं महानगरको मेयर निर्वाचित बालेन पार्टीका प्रवेश गर्न लागेका त हैनन् भनेर आशंका गर्न थालिएको छ । दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्