काठमाडौं । सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि आज पनि प्रतिनिधि सभामा छलफल हुँदैछ ।

प्रतिनिधि सभामा मंगलबारदेखि बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको वचाउ गरेका थिए । प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने बजेटको आलोचना गरेका थिए । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।














