Logo
Logo

सशस्त्र प्रहरीका इन्स्पेक्टर डा. अञ्जु गुरुङलाई सेवाबाट हटाउने तयारी


22.7k
Shares

काठमाडौं । विना सूचना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डाक्टर अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ । डा. गुरूङ गत १ चैतदेखि कार्यालयमा अनुपस्थित छन् ।

विदा नमिलाई लामो समयदेखि अनुपस्थित रहेको र सम्पर्क स्थापित गर्न नसकिएको तथा पदीय जिम्मेवारी र आचरणविपरीत कार्य गरेको देखिएकोले उनलाई सेवाबाट हटाउने तयारी गरिएको गृहमन्त्रालय जारी गरेको सूचनामा जनाएको छ ।

उनी मोरङको केराबारी घर भई एपिएफ अस्पताल बलम्बु काठमाडौंमा कार्यरत थिइन् । उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृह मन्त्रालयले तयारी गरेको छ ।

विभागीय कारबाही गर्न नपर्ने कारण भए ७ दिनभित्र कारणसहित सफाइ पेश गर्न पनि गृह मन्त्रालयले सचिवस्तर निर्णय गर्दै सूचना प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्