Logo
Logo

अर्थमन्त्रीले बजेट बनाउँदा चुनावमात्र देख्यो : नेता पाण्डे


567
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको टिप्पणी गरेका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अहिलेको बजेट एकातिर र संकट अर्कोतिर रहेको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पाण्डेले बजेट बनाउँदा अर्थमन्त्रीले चुनावमात्रै देखेको आरोप लगाए । ‘सरकारले यता पनि चुनाव, उता पनि चुनाव देख्यो’ उनले भने, ‘तर, आर्थिक संकटतिर उसको ध्यान नै गएन ।’

उनले यसअघि एमाले सरकारले ल्याएको बजेटलाई देखाएर उम्किन खोजिनु हाँस्यास्पद भएको बताउँदै भने, ‘के हाम्रो सरकारको पालामा देशको अर्थतन्त्र यस्तै संकटमा थियो ? अहिलेको जस्तै विदेशी मुद्राको अभाव र मन्दीको अवस्था थियो ? ६ महिनादेखि हामी जुन संकटको चर्चा गरिरहेका छौं, त्योसँग यो बजेट मेल खान्छ ?’

उनले वृद्धभत्ताको उमेर घटाएपनि त्यसको फाइदा गठबन्धनलाई नहुने बताउँदै भने, ‘कांग्रेसको मेलमिलाप नीति, माओवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् ।’ कर्मचारीको तलब वृद्धि पनि न्यायोचिन नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्