Logo
Logo

लिङ्देनको टिप्पणी- बजेट निर्वाचन र कमिसन लक्षित


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनता भुल्याउने ‘ललिपप’मात्रै भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटमाथि छलफलमा बोल्दै अध्यक्ष लिङदेनले गठबन्धन सरकारले ल्याएको बजेट परम्परागत र कार्यान्वयन हुनै नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘बजेटमा भएका राम्रा नाराहरु हेर्दा यो मान्छे भुल्याउने ललिपपजस्तो देखिन्छ । यो निर्वाचन र कमिसन लक्षित बजेट हो ।’

बजेटले मुलुकलाई कुनै अग्रगतिमा नलैजाने भन्दै उनले सत्तारुढ दलहरुले चुनावी खर्च जुटाउने कार्यक्रम बजेटमा राखेको आरोप लगाए ।

हदबन्दीभन्दा बढी जग्गा भएका उद्योगले ऋण लिन पाउने र टाट पल्टने अवस्थामा बिक्री वितरण गर्न पाउने व्यवस्थाले सोझै अनियमिततालाई प्रश्रय दिएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्