काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संघीयता र एमसीसी खारेज गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा हामीले ध्यान दिनुपर्छ तर एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने भएकाले त्यसलाई खारेज गरेर जानुपर्नेमा जोड दिन्छौँ । अन्यथा दुरगामी र दुष्परिणाम हुनेछन् ।’ मुलुकका लागि संघीयता आर्थिक बोझ भएकाले संघीयतासमेत खारेज गर्नुपर्ने उनको भनाइ छ ।














