Logo
Logo

जनप्रतिनिधिसँग प्रचण्डले भने- अब जनताले माओवादीलाई हेर्दा तपाइँको अनुहार हेर्छ


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा पहिचानको संकट भएको बताएका छन् ।

बुधबार पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्ले माओवादी पार्टी वास्तविकतामा क्रान्तिकारी भएपनि जनताको नजरमा खराब देखिन थालेको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादी देशलाई माया गर्ने र जनताका लागि लड्ने नेता कार्यकर्ताको पार्टी भनेर चिन्थे । तर, अहिले हाम्रो छवि त्यस्तो छैन । हाम्रा पार्टीलाई पहिचानको संकट आउन थाल्यो । हामी पेटी बुर्जुवाभन्दा भिन्न देखिन छाड्यौँ ।’

अरु संसदवादी पार्टी र माओवादीबीच पहिचानको अन्तर मेटिँदै गएकामा चिन्ता व्यत्तः गर्दै उनले भने, ‘कतिपय स्थितिमा माओवादीका प्रतिनिधि अझै खराब पो छन् कि जस्तो जनतालाई परेको छ । जबकि हामी त्यस्ता होइनौँ ।’

अध्यक्ष प्रचण्डले पहिले जनताले माओवादीलाई सजिलै चिन्ने गरेको बताउँदै भने, ‘तर, अहिले त्यस्तो छैन । हामी जनयुद्धमा छैनौँ । हामीसँग जनमुक्ति सेना छैन, मिलिसिया छैन । अहिले तपाईंहरु हुनुहुन्छ जनप्रतिनिधि । जनताले अब हेर्दा माओवादीलाई तपाइँको अनुहारमा हेर्छ ।’

उनले जनप्रतिनिधिलाई भ्रष्टाचार नगर्न समेत निर्देशन दिँदै भने, ‘हामीलाई भ्रष्टाचार गर्नु पनि छैन । हामी सेवा दिन आएका हौँ, जनतालाई सेवा दिउँ ।’ उनले माआवादीलाईं चुनौतीसहितको अवसर आएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्