काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले जस्तै नेपाली कांग्रेसले दम्भ देखाउनु नहुने बताएका छन् ।

माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका हुन् ।
उनले भने, ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर एमालेको जस्तो अहंकार गर्यो भने हामीले कांग्रेसलाई एमालेलाई जस्तै ठेगान लगाउन नपरोस्, कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता छ ।’
कांग्रेस पनि एमालेमाजस्तै अंहकार र दम्भ चुलिएर विद्रोह गर्ने प्रचण्डको चेतावनी दिए । उनले भने, ‘अंहकार दम्भ आयो भने त्यसविरुद्ध फेरि विद्रोह गर्ने हो । हामी त निरन्तर क्रान्तिकारी सिन्द्धान्तवाला परियो ज-जसमा आउँछ त्यसैलाई ठोक्दै जाने हो । ठगबन्धनको बैठमा यो कुरा गम्भीर ढंगले उठाइएको छ ।’
कांग्रेस र कांग्रेसका नेतालाई अहंकार र दम्भ नपाल्न अनुरोध गरेका छन् । आगामी निर्वाचनसम्म नै माओवादीले गठबन्धन बनाएरै अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि कांग्रेसले चुलिँर्दै गएको दम्भ र अहंकार त्याग्नुपर्ने बताए ।














