मुगु । मुगुमा यार्सा संकलनको सुरक्षार्थ खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।
मुगम कार्मारोङ गाउँपालिका-२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो ।
उनीसँग यार्सा संकलन सुरक्षार्थ खटिएका अरू प्रहरीले उनको उद्दार गरी मुगुकै सीमा प्रहरी चौकी पुर्याएका थिए । त्यहाँबाट थप उपचारका लागि बुधबार बिहान साढे ११ बजे हेलिकप्टरमार्फत् नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो ।
कोहलपुरमा उपचारको क्रममा २ बजे सहायक प्रहरी हवल्दार सिंहको मृत्यु भएको कर्णाली प्रदशे प्रहरी कार्यालयले जनाएको छ ।











