Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


1.6k
Shares

काठमाडौं । नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार प्रदेश १ र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ । आज प्रदेश १, मधेस प्रदेश लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्