Logo
Logo

यतीको विमान चिप्लिएपछि विमानस्थल बन्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २७ असार ।
वर्षाका कारण त्रिभुवन विमानस्थल अनिश्चितकालको लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको अन्तर्रा्ष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् । साढे ११ बजेदेखि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ ।


यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ। जसक्रममा दुई जना सामान्य घाइते भएका छन् ।
विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

चाइन एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन्। नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्लीडाइभर्ट गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्