Logo
Logo

स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित, प्रचण्डसँग भेटेर भने- माओवादीमै छु


12.4k
Shares

काठमाडौं । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

केसीले आज बिहान प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । केसीलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिएका थिए ।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए ।

उनी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा विजयी भएकाहरुका लागि काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्