Logo
Logo

बजेटले नीजि क्षेत्रलाई यथोचित सम्बोधन गरेको छ : गगन थापा


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आर्थिक वर्ष २०७९/८० को बजेटले व्यापार घाटा घटाउने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटबारे छलफलमा बोल्दै उनले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताए ।

पूर्वमन्त्री समेत रहेका थापाले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताउँदै भने, ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादन तर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ ।’ उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको उनको भनाइ छ ।

सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए । बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उनले बताए ।

‘नीजि क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर नीजि क्षेत्रका विभिन्न संघ, संस्थाले दिएको मागहरुको यो पटक यथोचित सम्बोधन भएको छ’ उनले भने, ‘चाहे त्यो जग्गाको हदबन्दी सम्बन्धी विषय होला । चाहे लिजमा दिने कुरा होला । चाहे कर्जा प्रवाहको कुरा होला । चाहे वैदेशिक लगानीको कुराहरु होला । नीजि क्षेत्रका संस्थागत मागहरुको सम्बोधन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्