Logo
Logo

गठबन्धनलाई केही वर्ष निरन्तरता दिइन्छ : वर्षमान पुन


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धन अझै केही वर्ष टिक्ने बताएका छन् ।

पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कमलपोखरीस्थित कुमारी हलमा बिहीबार आयोजित प्रशिक्षणमा बोल्दै नेता पुनले गठबन्धनलाई अझै केही वर्ष निरन्तरता दिइने बताएक हुन् ।

फाइल फोटो

उनले भने, ‘अहिलेका गठबन्धन अझै केही वर्ष टिक्छ । गठबन्धन बनाउनुपर्ने परिस्थितिकै कारण अहिलेको गठबन्धन गरिएको थियो ।’

बुधबार प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा दम्भ र अहंकार देखिएमा एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी दिएका थिए । सो क्रममा उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिइने समेत बताएका थिए ।

माओवादीबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई माओवादीले स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण दिएको हो । बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा दुई सय ४९ जना जनप्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्