Logo
Logo

हामी समृद्धिका कुरा गछौँ तर राजधानी बनाउने कुरा गर्दैनौँ : सांसद श्रेष्ठ


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार आव २०७९/८० बजेटमाथि छलफलमा बोल्दै सांसद श्रेष्ठले राजधानीलाई बस्न योग्य बनाउनपर्ने बताएका हुन् । काठमाडौंवासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो ? प्रश्न गर्दै उनले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको बताए ।

उनले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्न सक्ने राजधानी बनाउनुपर्नेमा जोड दिँदै भने, ‘राजधानीलाई बनाउने कुरामा एकीकृत ढंगबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।’

सांसद श्रेष्ठले राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण नभएको बताए । ‘हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ’ उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्