Logo
Logo

उजुरीकर्ताले बयान फेरे पनि पल शाहलाई रिहा गर्न अस्वीकार


4.9k
Shares

काठमाडौं । नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका कलाकार पल शाहलाई तारेखमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्दै उच्च अदालत पोखराले तारेखमा छोड्न अस्वीकार गरेको हो ।

तनहुँ उच्च अदालतले गत चैत १० गते आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

नाबालिग गायिकाले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा जाहेरी दिएपछि पल पक्राउ परेका थिए ।

पीडित गायिका र उनका परिवारले पछिल्लो समय अदालतमा बकपत्र गर्दा बयान फेरेका थिए । उजुरीकर्ताले नै बयान फेरे पनि अदालतले पललाई तारेखमा रिहा गर्न अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्