Logo
Logo

एमाले सरकार परिवर्तनको खेलमा छैन : शंकर पोखरेल


819
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’

पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेको विषयमा पनि बताएका छन् । ‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो । सरकार थाह नपाए झै चिरनिद्रामा छ । झकझक्याउ,’ उनले लेखेका छन् ।

नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा क्रान्तिकारीले फुटाएको थियो भने नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्