Logo
Logo

अर्काको नामको परीक्षा दिने दुई जना पक्राउ


1.3k
Shares

काठमाडौं । अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा उनले अर्काको नाममा परीक्षा दिइरहेका बेला पक्राउ परेका हुन् ।

महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिईरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकता समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्