Logo
Logo

एमालेले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा के छ ?


378
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा मूल्य वृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकाे छ । शुक्रबार पेस गरिएको प्रस्तावमा सरकारले पेट्रोलियम पदार्थसहितका वस्तुमा अस्वभाविक मूल्यवृद्धि गरिएको र मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बनेकाले मूल्यवृद्धि घटाउनुपर्ने माग गरिएको छ ।

प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेकाे प्रस्तावको समर्थनमा गणेश कुमार पहाडी, राजेन्द्र प्रसाद लिङ्देन र दुर्गा गौडेल रहेका छन् ।

बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहँदा सरकारले बजार अनुगमनसमेत नगरेको आरोप लगाएका छन् । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भएपनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने एमालेका प्रमुख सचेतक भट्टराईले बताए ।

यस्तै, पेट्रोलियम पदार्थ आयात गर्न आयल निगमको एकाधिकार तोडेर निजी क्षेत्रलाई कमिसन खाएर दिन लागेको भन्दै एमालेले आपत्ति जनाएको छ । उक्त प्रस्तावमाथि अहिले प्रतिनिधिसभा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्