Logo
Logo

देशलाई इन्धन र ग्यासमुक्त बनाउनुपर्छ : गगन थापा


1.4k
Shares


काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपाललाई इन्धन र एलपी ग्यास मुक्त गर्ने अभियान थाल्नुपर्ने बताएका छन् ।
संसदमा एमाले सांसद विशाल भट्टराईद्वारा प्रस्तुत सार्वजनिक महत्वको विषयमा माथि छलफल गर्दै सांसद थापाले नेपाललाई इन्धन र एलपी ग्यास मुक्त नगरेसम्म सधै महंगीरको मार खेप्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।
संसदमा बोल्दै थापाले भने– ‘हामीसँग अनेक विकल्प छन् । त्यसमध्ये विद्युत महत्वपूर्ण विकल्प हो । त्यसैले इन्धन र ग्यासमा होइन विद्युतमा जोड गरौं । आजैबाट इन्धन र ग्यासमुक्त अभियान थालौं ।’
इन्धन र ग्यासको मूल्य घटाउन कर घटाउने तत्कालीन समाधान भए पनि कुनै न कुनै रुपमा कर जोडिने भएकाले कर घटाएर समस्याको समाधान नहुने उनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्