Logo
Logo

आयल निगमको नाम गरिर्वतन गरेर ‘नेपाल विद्युत निगम’ राखौं : प्रेम सुवाल


3.5k
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल आयल निगमको नाम परिवर्तन गरेर ‘नेपाल विद्युत निगम’ राख्नुपर्ने धारणा राखेको छन् ।

संसदमा एमाले सांसद विशाल भट्टराईद्वारा प्रस्तुत सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसद सुवालले अब इन्धनको कुरा छोडेर विद्युततर्फ लाग्नुपर्ने भन्दै आयल निगमलाई विद्युत निगमको रुपमा विकास गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने– ‘हाम्रो देश जलविद्युतमा अत्याधिक सम्भावना भएको देश भन्ने कुरा सबैलाई थाहा छ । हामीले विद्युत उत्पादन बढाउने हो । विद्युत उत्पादन बढाएर इन्धनको मारबाट मुक्ति पाउन सकिन्छ । अब आयल निगमको काम छोडौं । नाम गरिवर्तन गरेर नेपाल विद्युत निगम बनाऊ । त्यसबाट इन्धनको होइन विद्युतै विद्युतको काम गरौं ।’

सांसद सुवालले भारतसँग सम्झौता गरेर विद्युत उत्पादन गर्न दिइएको सम्झौताहरु खारेज गरेर आफैले निर्माण गर्नुपर्ने समेत धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्